काठमाडौं । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो । छापावाल सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी…