२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।