१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।