१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीन दिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आइतबार यहाँ बसेको बैठकमा उहाँले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका…