इजरायल । इजरायलले गाजाको एक अस्पतालमा हिजो साँझ गरेको हवाई हमलामा हमासका बरिष्ठ नेता र उनका सहयोगी मारिएका छन् । गाजाको खान युनिस सहरमा अवस्थित मुख्य स्वास्थ्य सेवा दिने नासेर अस्पतालमा भएको हवाई आक्रमणमा हमास समूहका वित्तिय मामिला प्रमुख इस्माइल बरहौम मारिएका हुन् । इजरायलले चार दिनअघि गरेको हवाई आक्रमणमा घाइते भएपछि अस्पतालमा उपचार गराइरहेका…