काठमाडौं । ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गरेका छन् । उनको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पुर्याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ ।…