काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनलाई नियतिको खेल भनेका छन् । “कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भगीरथ प्रयास सफल हुन सकेन । बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु,’’ उनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन् । आउँदो…