४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

कांग्रेस सभापति गगन थापा सानेपामा, गरे पदबहाली

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा आजै पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। त्यहाँ पुग्दा उनलाई नेताकार्यकर्ताले भब्य स्वागत गरे।थापाले पार्टी केन्द्रीय कार्यालय पुगेका आफ्ना सुभेच्छुकहरुलाई हात हल्लाउदै अभिवादनसमेत गरे। उनलाई उपसभापति विश्वप्रकाश शर्माले सँगै लगेर सभापतिको कुर्सीमा…