५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ बजे सुरु भएको छ । अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा सुरु भएको बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ । निर्वाचन आयोगले मान्यता दिएपछि बस्न लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो ।