काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण न्यायोचित बनाउन नसकेको बताएका छन् । सोमबार साँझ सामाजिक संजाल मार्फत कोइरालाले सीमित सिटका कारण सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका छन् । राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो…