चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रा डा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए । उनले भने “जीवनभर कांग्रेसमा काम गरेका…