काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता देश र भुइँमान्छेको हित हुनुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताए । उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको बताए । उनले…