२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

माओवादी स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी…