सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कंडेलसामु राजीनामा दिएका छन् । वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री…