३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सर्लही पुगेर महामन्त्री थापाले भने-पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै लैजान्छौँ

मलङ्गवा (सर्लाही) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए । महामन्त्री थापाले…