नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरूद्ध सिंगो मधेस जुरूक्क उठ्नुपर्ने बताएका छन्। बिहीबार जनकपुरधाममा भएको कांग्रेस मधेसको पहिलो सम्मेलन उद्घाटन सत्रमा बोल्दै खड्काले नेताहरूका बोली र व्यवहारमा गुनासा भए सच्याउन तयार रहेको बताए। ‘जनताले हालेको मतबाट आफ्नो मुलुकको शासन आफैंले गर्ने अधिकार भएको संविधानका विरूद्धमा मधेसमा कसैले…