३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।