१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।