काठमाडौँ । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् ।निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कात्तिक १७ गते सोमबार हुन गइरहेको रुपन्देही उपनिर्वाचनका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा…