विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको संगठित सदस्यता लिनुपूर्वदेखि नै पार्टीमा काम गरेको बताइन् । मंगलबार काठमाडौं फर्किने क्रममा विमानस्थलमा उनले भनिन्, देशभित्र घुमफिर गर्न मैले नेकपा ९एमाले०का कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन ।…