काठमाडौँ । आजबाट सरकारी कार्यालय खुल्ने भएका छन् । दसैँको सार्वजनिक बिदा आजदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।