८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्वास्थ्य मन्त्री बस्नेतद्वारा क्षयरोग मुक्त नेपाल अभियानको दोस्रो चरणको कार्यक्रम शुभारम्भ



सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई क्षयरोग मुक्त बनाउने प्रतिवद्धता जनाएका छन । क्षयरोग मुक्त नेपाल अभियान २०८०,दोस्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै मन्त्री बस्नेतले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुरूप सन् २०५० सम्ममा क्षयरोग मुक्त बनाउने प्रतिवद्धता जनाएका हुुन । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढीबाट अभियानको शुभारम्भ गर्दै मन्त्री बस्नेतले राज्यका तीन तह संयुक्तरूपमा क्षयरोग नियन्त्रणको अभियानमा होमिएको बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले नेपाललाई चिकित्सा क्षेत्रको हब बनाउ गरि आफू अघि बढेको बताए । नेपालमा चिकित्सा शिक्षा पढ्न नपाउने र पढेकाले जागिर नपाउने अवस्थाको अन्त्य गर्ने मन्त्री बस्नेतले बताए । चिकित्सा शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जान्पर्ने बाध्यताको अन्त्य गर्ने मन्त्री बस्नेतको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययानका लागि विदेशी विद्यार्थीको समेत नेपाल आकर्षणको केन्द्र बनाउन आफू लागिपरेको उनले बताए । चिकित्सा शिक्ष ऐन संशोधनको तयारी रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ५८ बजे