१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

केन्द्रमा कांग्रेस आउट, सुदूरपश्चिममा माओवादी आउट



सुदूरपश्चिम । केन्द्रमा नयाँ गठबन्दन बनेपछि कांग्रेसका मन्त्रीहरु भटाभट बस्खास्तमा परे । यता सुदूरपश्चिम प्रदेशमा भने माओवादीका मन्त्रीहरु बखास्त गरी सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन् भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् । साथै खुशीराम चौधरी विना विभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएकी छिन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ५८ बजे