९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो एक बजे



काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजे बस्दै छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बस्ने बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था, नीति, कानुन, संरचनालगायत मन्त्रालयबाट भएका कामकारबाहीका विषयमा छलफल हुनेछ ।

वैदेशिक रोजगारका समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ३३ बजे