१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

आजदेखि नियमित सञ्चालन नारायणगढ–मुग्लिन सडकखण्ड, यात्रुलाई सहज हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ । तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो । चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।