सुनसरी । चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुर आइपुगेका छन् । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविकमार्गमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको थियो । यसक्रममा कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका विभिन्न वनक्षेत्र तथा बस्तीमा अवस्थित हात्ती जैविकमार्ग हुँदै यात्रा गरे । पदयात्रा टोलीका प्रतिनिधि सोमबार सुनसरीको कोसीटप्पु…