काठमाडौं । नेकपा एमालेले डेडिकेडेड र ट्रंकलाइन बक्यौता विवादमा विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री शक्ति बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएको छ । आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालीन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव राखेका हुन् । भट्टराईले गत वैशाख २७ गते तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णयबारे स्पष्टीकरण…