काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसहित १५ जनाभन्दा बढीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा उपाध्यायविरुद्ध आइतबार चार करोड ११ लाख ३४ हजार २७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।…