३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

राष्ट्रिय सभामा रोकायाले पाए कांग्रेस सचेतकको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन् । देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए ।