६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

म प्रधानमन्त्रीको लाइनमा छैनः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा.आरजु राणाले दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले देश समस्यामा परेको समयमा ठूला दलकै सरकार स्वाभाविक भएको बताएकी हुन् । राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन भएको र संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने बताइन् ।…