धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नाजिर मियालाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दाबेदारीमा समर्थन फिर्ता लिएका छन् । सङ्घीय सरकारको समीकरणअनुसार नै जाने गरेर प्रदेश सरकार बनाउन सोडारीले मुख्यमन्त्रीका दावेदारीका लागि…