काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दै छ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज राजधानीमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि…