काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दाबी गरेका छन । हिजो सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले यस्तो बताएका हुन । उनले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन । उनले हालसम्म गठबन्धन दलहरुका बीचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति…