काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला काठमाडौंमा जारी छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गरेका थिए । आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले…