काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा.कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूत ओलीले आफ्नो कार्ययोजना पेस गरेका हुन् । नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने…