३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय सानेपा बैठक बस्नेछ ।बैठकले पार्टी केन्द्रीय समिति सदस्य मोहम्मद आफतव आलमको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । पूर्वमन्त्रीसमेत रहेका आलमको गएराति २ बजे अस्पतालमा निधन भएको थियो ।