मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनापत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका छन् । लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत सोमबार राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका हुन् । यसअघि आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामाको घोषणा गरेका थिए ।…