काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’ मा आज पाँच जना सदस्य मनोनीत गरेको हो । पार्टीले उपसमितिमा नेपाल महिला संघ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष…