२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउँछौंः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउने बताएका छन् । माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका हुन् । आफूहरु शान्ति सम्झौतामा आउँदा…