काठमाडौं । निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान भर्ने भएको हो । हिमालय एयरलाइन्सले आउँदो डिसेम्बरभित्रै पोखराबाट ल्हासा उडान थाल्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति…