काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो । कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पाएपछि अख्यितारले उनीमाथि निगरानी…