म्याग्दी । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटेल भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ…