१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न माओवादी पदाधिकारी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने बताइएको छ ।