काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ९फागुन १० बस्ने राष्ट्रियसभाको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन् । मध्याह्न १२ः१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘संघीय एकाइहरूबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन…