रुपन्देही । नेपाली काँग्रेसले देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिलाई विभिन्न विषयमा केन्द्रित गरेर प्रशिक्षण दिएको छ । पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, सरकारमा सहभागी मन्त्रीको सहभागितामा भएको कार्यक्रममा पार्टीको नीति, सङ्गठन, सदस्यता अभियान, समसामयिक मुद्दासहित आर्थिक, सामाजिक र राजनीतिक विषयसहित पार्टीको…