जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्व कायम गर्न दुई ठुला दलबिच गठबन्धन गरिएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता डा। कोइरालाले राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा दुई नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति गरेर वर्तमान गठबन्धनको सरकार बनेको…