बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका २ र जनता समाजबादी पार्टीका एक गरी ३ जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए । तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा…