१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य, पेट्रोलको मूल्य भने यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल, मट्टीतेल प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ । घटेको मूल्य सोमबारदेखि लागू हुनेछ ।