काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र औपचारिक रूपमा नयाँ युगको सुरुवात भएको सन्देश प्रवाह भएको छ। नयाँ केन्द्रीय कार्यसमितिले पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरूलाई परिपत्र जारी गर्दै चार महत्वपूर्ण एजेन्डा सार्वजनिक गरेको हो। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको स्पष्ट पार्दै यसलाई कुनै पनि…