३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

२९ जना प्रतिनिधिले मात्र हस्ताक्षर फिर्ता लिए, मागमा नै बहुमत- कांग्रेसका महामन्त्री गुरूराज घिमिरे

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत धारणा सार्वजनिक गरेका छन्। विशेष महाधिवेशन सम्पन्न भइसकेको र केन्द्रीय कार्यसमिति गठन भई आवश्यक सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा बुझाइसकिएको अवस्थामा केही विषय उठाइनु तर्कहिन र राजनीतिक प्रपोगाण्डा मात्र भएको उनको भनाइ छ। महामन्त्री घिमिरेका अनुसार…