१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

दफावार छलफलका लागि दुई विधेयक संसदीय समितिमा

काठमाडौं । आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । आजको प्रतिनिधिसभा बैठकले विधेयक दफावार छलफलका लागि सम्बन्धित समिति पठाउन स्वीकृति दिएको हो । दुई विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको हो ।